Tuesday, November 13, 2018

सम्पूर्णलाई छठ पर्वको शुभकामना

प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सुर्यको उपासना गरी मनाइने महान् पर्व छठको तपाइँ सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना l तपाइँको आस्था र विश्वास अझ मजबुत बनोस् लाखौं लाख कामना l


- बैदार माइला 

Saturday, October 13, 2018

बडा दशैँ २०७५ को शुभकामना


धर्म, संस्कृति र चाडपर्व एकताको माध्यम हुनसक्नु पर्छ जसले आपसी सहिष्णुतासँगै विश्वलाइ एक सूत्रमा बाँध्न सकोस l यो स्वतन्त्र र स्वईच्छिक पनि हुन जरुरी छ ता की हरकोहिले यसलाई आ-आफ्नो तरिकाले स्वीकार्न सकोस र बुझ्न सकोस् l हो, हाम्रो आ-आफ्नै परम्परा छ l शैली र संस्कृतिहरु l फरक पेसा र भेषभूषा छन् l अनि अनगिन्ती आफ्नै रितीहरु l अझ त्यो भन्दा ठुलो बलियो आस्था छ हामीमा l अनि आफैमा आत्मविश्वास l 


हामीबीचको सहिष्णुता अझ बढी मजबुत होस् l हामीलाई कामना l भाइचाराको बलियो सम्बन्धमा नै संसार जित्ने हौसला मिल्दछ l यसलाई कायम राख्न सकोस् l सबैलाइ बडा दशैँ २०७५ को हार्दिक मंगलमय  शुभकामना !!!