एकदिन खाजा खाएर कक्षाकोठा अगाडिको फलामको रेलिंगमा हामी दुवैजना गफ गर्दै थियौं l एकजना बुढोबुढो देखिने सर हामीतिर एकोहोरो घोरिएर हेर्दै थिए l म हँसाउदै थिएँ l उनी हाँस्दै थिइन् l एकतमासले, कसैको पर्वाह नगरी l
बुढो पछाडी हात बाँधेर एकनासले घोरिरहेपछि मलाई केहि असहज लाग्यो l टक्क रोक्किएँ l र तत्काल टपिक चेन्ज गरें l अनि रश्मीको कानमै टाँसेर भनें l "ओइ त्यो बुढा हेर न कस्तो खालै जस्तो हामीलाई हेरेको" l हुनपनि बुढोको ध्यान हामीतिरै थियो l एकोहोरो l एक किसिमले भनुम सियोले नै घोचे जस्तो l
मन खोलेर हाँस्दै गरेकी रश्मी पनि टक्क रोकिईन् l उनको हाँसो एकाएक डर र असहजतामा परिणत भएको कुरा उनको अनुहारबाट भान हुन्थ्यो l उनी केहि बोलिनन् l बरु चुपचाप कक्षाकोठाभित्र छिरिन् l
एक्कासी मौनता छाएपछि ममा पनि कता कता संकाको काँडा उम्रिन थाल्यो l मन मनै सोचेँ "कतै केहि गल्ति त गरिनँ ?"
Stay tuned to know more.चाडै आउंदै छ.... प्रतिक्षा गर्नुहोला l धन्यबाद l
No comments:
Post a Comment
Thank you for your feedback.